मिस यूनिभर्स नेपालमा उत्कृष्ट १८ को छनौटको घोषणा
काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौटको घोषणा भयो ।
उक्त समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए र त्यसैको आधारमा त्यहाँ उपस्थित मडियाका प्रतिनिधि÷व्यक्तित्वहरुले त्यही बेलामा आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरे । उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छन ।

यस मिस यूनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।













