बुधबार थप ७४३ जनामा कोरोना, ९ सय ५२ जना निको भए
काठमाडौं । बुधबार नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले गत २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको जनाएका छन । यो संगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोनामुक्त भएका छन । योसहित कोरोना भाइरस निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।
गएको २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो संगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ जना रहेको छ ।













