बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको ज्यान गएको हो ।
उनको टाउकोमा चोट लागेर घरमै मुत्यु भएको अवस्थामा प्रहरीले भेटेको जनाएको छ । मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका जनाएका छन । घटना भएको थाहा पाएर बिहान ३ बजे प्रहरीलाई छिमेकीले खबर गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । उनले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीले अनुमान गरेको जनाएको छ । उनीहरुको दुर्ई छोरा रहेका छन ।













