२९ श्रावण २०८३, शुक्रबार

स्टान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ७५ बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बिहीबार यसको सेयर कारोबार ६ सय १२ रुपैयाँलाई आधार मानेर खुल्ने बैंकले जनाएको छ ।

बैंकले आउदो २४ गते साधरण सभा बोलाएको छ । त्यस्तै बैंकले आज बुक क्लोज गर्ने छ । आज सम्म् कायम भएका शेयरधनीले ७५ बोनस र ४.८४५ नगद गरी कुल ११.८४५ लाभांश पाउने भएका छन ।


बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि अघि सारेको छ ।

बैंकको साधरण सभा एभरेष्ट होटल, नयाँ बानेश्वरमामा दिउँसो १२ः१५ बजे सुरु हुने । बैंकले जनाएको छ । कोरोना महामारीलाई मध्यनजर गदै सभामा २५ जना उपस्थित हुन सक्ने बैंकले जनाएको छ ।