हिमालयन बैंकले दियो आँखा अस्पताललाई ३५ लाख बराबरको फ्याको मेसिन
काठमाडौं । हिमालयन बैंक लिमिटेडले डा राम प्रसाद पोखरेल आँखा अस्पताललाई पैँतिस लाख बराबरको फ्याको मेसिन Phaco Machine हस्तान्तरण गरेको छ ।
उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने सिलसिलामा बैंकलाई प्रतिनिधित्व गर्दै बंैकका संचालक सुनिल बहादुर थापाज्युद्वारा अस्पतालमा आयोजना गरिएकोे एक समारोहको बीच सो मेसिन हस्तान्तरण गरिएको हो ।












