१८ भदौ २०८३, बिहिबार

‘मर्जरबारे ठोस निश्कर्षमा पुगेका छैनौँ’:सिद्धार्थ बैंक



काठमाडौं । सिद्धार्थ बैंकले अन्य कुनै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र एक्वीजिशनबारे चलेको हल्लामा सत्यता नरहेको प्रतिक्रिया जनाएको छ ।

बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले आज विज्ञप्ति प्रकाशित गरी मर्जर र एक्वीजिशन सम्बन्धी समाचारमा सत्यता नभएको प्रतिक्रिया जनाएका हुन् ।

केही दिनयता विभिन्न संचार माध्यमा तथा सामाजिक सञ्जालमा बैंक नबिलसँग मर्ज हुन लागेको हल्ला आएसँगै सिद्धार्थ बैंकले त्यसमा कुनै आधिकारिता नभएको भन्दै स्पष्टिकरण दिएको हो ।

सिद्धार्थ बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले उक्त हल्ला गलत भएको र गलत हल्लाहरुको पछि नलाग्न आम लगानीकर्तालाई सुझाव दिएका छन् । उनले बिहीबार एक सूचना मार्फत सो जानकारी गराएका हुन् ।