पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए, ५ जनाको ज्यान गयो
काठमाडौं । विहिबार थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै जम्मा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार थप ५ जनाको कोरोना संक्रमण्मबाट ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट हालसम्म १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय जना क्वारेन्टाइनमा छन ।
गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।
तयस्तै पछिल्लो २४ घण्टामा ७ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ ।













