एभरेष्ट बैंकको बोनस पश्चात मूल्य समायोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंकको बोनस पश्चात मूल्य समायोजन



काठमाडौं । एभरेष्ट बैंकको पुस १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्ने छ । नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ७१५ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्