७ श्रावण २०८३, बिहिबार

प्रभुु क्यापिटलले गणेशस्थान मन्दिरमा गर्यो अटोमेटिक सेनिटाईजर मेशीन जडान



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुत्रबार अटोमेटिक सेनिटाईजर मेशीन जडान गरी हस्तान्तरण गरेको छ ।

जसबाट कोभिड–१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन ।

साथै प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्