वैदेशिक रोजगारीमा देखिएको ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा छ : श्रममन्त्री चौधरीे
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आज पदभार सम्हालेका छन ।
पदभार ग्रहण गरेलगतै संचारक्रमीसंग कुरा गर्दै उनले हाल वैदेशिक रोजगारीमा देखिएका ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन ।
भर्खर श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको छु मन्त्री चौधरीले भने अहिलेसम्म मन्त्रालयमा भए गरेका काम बारे अध्ययन गर्छु र त्यसपछि कसरी अगाडी जान सकिन्छ, विगतको समिक्षा र नयाँ योजना ल्याउनेछु । वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारी ठगिनबाट कसरी बचाउने भन्ने बारे छलफल गर्ने र त्यसका लागि उपाय रच्ने उनले बताएका छन ।
नवनियुक्त मन्त्री चौधरी दोस्रो पटक मन्त्री बनेका हुन । यसअघि उनी कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।













