सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीको कृष्णासवरणमा
काठमाडौं । सनराइज बैंकले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।












