बेलायतबाट फर्किएका एक सय ९३ जनाको परिक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनाको परिक्षण गर्दा लाईे पाँचजनामा सङ्क्रमण पुष्टि भएको छ ।
बेलायतबाट आएकाहरुलाई ज्वरो र रुघा लागेको लक्षण देखिएमा पिसिआर परीक्षण गरेर उपचार गरिने मन्त्रालयले जानकारी दिएको छ ।
आज १२ जनाको पिसिआर परीक्षण गरेको मन्त्रालयले बताएको छ । यसअघि नै मन्त्रालयले सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।













