१८ भदौ २०८३, बिहिबार

कुमारी बैंकले थप ८ नयाँ शाखा बिस्तार गर्यो



काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ ।

काठमाडौं स्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको बैंकले जनाएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा खोलेसंगै अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।