ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मीव्यारेक परिसरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्ला स्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु भएको छ ।
यो नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २ सय ४० पुगेको छ ।
उक्त एटिएम सेवा खड्ग दलगन , लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका छन ।
बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुकलगायतका ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यलेबैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलनकाउण्टर, २४३शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आएको छ ।












