गुर्जुधारामा टिपरको ठक्करबाट धादिङका लामा सहित दुई जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङको गल्छी घर भई थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै ज्यान गएको हो । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा रहेका छन ।












