प्रभु लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने, ओपनिङ मूल्य कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने, ओपनिङ मूल्य कति ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र उक्त कम्पनीविच सूचीकरण सम्झौता अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो ।

आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ । यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्ने छ ।


प्रतिक्रिया दिनुहोस्