इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेबाट आइपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्नका लागि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको छ ।
बैंकले निष्काशन गर्ने आइपीओ ५ प्रतिशत सामुहिक लगानी कोष, ०.०२ प्रतिशत कर्मचारीलाइ र बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको थियो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो ।
आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।












