नेप्से उतार चढाब हुँदै रेडर्क कायम गरेर ६.३६ अंकले घटेर २१६९.०४ अंकमा बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से उतार चढाब हुँदै रेडर्क कायम गरेर ६.३६ अंकले घटेर २१६९.०४ अंकमा बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको दोस्रो दिन आज शेयर मूल्यमा ऐतिहासिक उतार चढावका बीचमा ५ अंकले घटेर कारोबार बन्द भएको छ । नेप्सेमा नयाँ ऐतिहासिक रेडर्क २२१४.४९ अंकमा पुगेर तल झरेको हो । सोमबार नेप्से ६.३६ अंकले घट्दा नेप्से २१६९.०४ अंकमा बन्द भएको हो ।

सोमबार १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर कारोबारबाट ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँको कारोबार भएको छ । सोमबार २०२ वटा कम्पनीको कारोबार भएको छ ।

कारोबार सुरु हुने वित्तिकै एक्कासी ४० अंकले बृद्धि भएको नेप्से दिनभर घटबढ हुँदै कारोबार बन्द हुँदा ऋणात्मक भएको हो ।


प्रतिक्रिया दिनुहोस्