शिखर इन्स्योरेन्सले २९.२३ प्रतिशत लाभांश दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शिखर इन्स्योरेन्सले २९.२३ प्रतिशत लाभांश दिने



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश गरि कूल २९.२३१ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृत गरेपछि तथा कम्पनीको साधारण आगामी वार्षिक सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्