शुभम पावर कम्पनीको ५ लाख कित्ता भन्दा बढी आईपीओ आउदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शुभम पावर कम्पनीको ५ लाख कित्ता भन्दा बढी आईपीओ आउदै



काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हुने भएको छ । आईपीओ निष्कासन गर्न कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा बोलाएको डाकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको १ लाख ८० हजार ५८० कित्ता सेयर पनि थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले संखुवासभामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

साधरणसभा कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५८० कित्ता आईपीओ ल्याउने छ ।


प्रतिक्रिया दिनुहोस्