नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा बन्द, ४ अर्ब ५६ करोडको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा बन्द, ४ अर्ब ५६ करोडको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.५४ अंकले घटेको छ । नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा बन्द भएको हो ।

मंगलबार १ करोड ८ लाख ९ हजार ६२५ कित्ता शेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँको कारोबार भएको छ । कारोबार सेन्सेटिभ पनि १.४७ अंकले ऋणात्मक देखिएको छ । मंगलबार कूल २०६ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

यसैबीच, गत आइतबारदेखि शेयर कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जम्मा ३० कित्ता शेयर खरिद बिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्