२ बैंकसहित १० कम्पनीको वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डा
कामठाडौं । पुस २८ गते मंगलबार २ बैंकसहित विभिन्न १० वित्तीय संस्थाको साधारणभा हुने भएको छ । मंगलबार २८ गते लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक, बुटवल पावर कम्पनी, मेरो माइक्रोफाइनान्स लघुवित्त, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, साना किसान लुघुवित्त संस्था, वोमी लघुवित्त, ङादी ग्रुप पावर, आरबिबि मर्चेन्ट बैंकिङ्ग र एनएमबि क्यापिटलको साधारणसभा हुने भएको हो ।
लक्ष्मी बैंकको साढे ११ बजे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा हुने २० औं वार्षिक साधारणसभामा आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
वुटवल पावर कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ बजेदेखि २८ औं वार्षिक साधारणसभा हुने सभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको होटल वाटर टावर, विदुर–३, नुवाकोटमा विहान ११ बजे हुने आठौ वार्षिक साधारणसभामा आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १६.९४ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
गुहेश्वरी माईक्रोफाइनान्स लघुबित्तको १९ औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ । साना किसान लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १.३१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । नेपाल एसबिआई बैंकको आज हुने साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
वोमी लघुवित्तको ९ औँ वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर पारित गर्ने छ । ङादी ग्रुप पावरको ७ औँ वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर, ०.५२६ प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । आरबिबि मर्चेन्ट बैंकिङ्गको दिउँसो ३ बजे आयोजना गरेको सभाले पनि आज २०७६/०७७ को चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । एनएमबि क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाको २१.०५२६ प्रतिशत नगद लाभांश पारित गर्दैछ । क्यापिटलको साधारणसभा दिउँसो ३ बजे बोलाइएको छ ।












