२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे कृति क्यापिटलको संयुक्त कारोबार शुभारम्भ, देशकै उत्कृष्ट मर्चेन्ट बैंक स्थापित बनाइने



काठमाडा । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ९ पौष २०७७ र कम्पनी रजिष्ट्रार कार्यालयबाट १७ पौष २०७७ मा स्विकृती प्राप्त गरी साविकको माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड मर्ज भई २ माघ २०७७ मा माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट संयुक्त कारोबार शुभारम्भ भएको छ ।

मर्जर पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नं.११, सुन्धारा, बाघदरबारमा रहने छ । संयुक्त कारोबार संचालन शुभारम्भ समारोहलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले समूद्घाटन गरेका छन् । समारोहमा बोल्दै ढुंगानाले पूर्ण विद्युतीय मर्चेन्ट बैंकिङ्ग सेवाको अवधारण प्रस्तुत गरेका छन् । उनले एकिकृत कम्पनीलाई राम्रो, भरपर्दाे र ठूलो क्यापिटलको रुपमा प्रगति गर्नका लागि शुभेक्षा दिएका छन् । माछापुच्छ्रे बैंकका अध्यक्ष डां. बिरेन्द्र प्रसाद महतोले संयुतm टिमलाई सृजनात्मक तथा अनुसन्धनात्मक सेवालाई निरन्तरता दिन प्रोत्साहन दिएका छन् ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गाभिएर संयुक्त कारोबार सञ्चालन शुभारम्भ गरेको मर्चेन्ट कम्पनी देशकै उत्कृष्ट मर्चेन्ट बैंकको रुपमा स्थापित हुनका लागि प्रोत्साहन दिए । माछापुच्छ्रे कृति क्यापिटलका अध्यक्ष विश्वम्बर न्यौपानेले पूँजी र अनुभवी टिमको समिश्रणले देशकै नमुना क्यापिटल हुने विश्वास ब्यक्त गरे । गाभिने कम्पनीका सञ्चालक आशिष श्रेष्ठले टिमलाई बधाई दिदैं हालको उत्कृष्ट सेवालाई निरन्तरता दिन शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यले पुँजीबजारमा योगदान गर्दै देशको नेत्रृत्वदायी मर्चेन्ट बैंक बन्ने एकिकृत कम्पनीको प्राथमिकता भएको धारणा राखे । मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल देशकै ठुलो लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी मध्ये एक हुनेछ । क्यापिटल माछापुच्छ्रे बैकको सहायक कम्पनी हुने छ ।