२९ श्रावण २०८३, शुक्रबार

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ६.०४ प्रतिशत गिरावट, यस्ता छन् अन्य सूचक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस बर्ष ६.०४ प्रतिशतले नाफामा गिरावट आएको हो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ जम्मा छ । पुष मसान्तसम्म लघुवित्तको सञ्चालन मुनाफा ५.८३ प्रतिशत घटेर ९ करोड ९८ लाख रुपैयाँमा सीमित छ ।

कम्पनीको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ९.९९ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको हो ।

लघुवित्तले ७ अर्ब १ करोड ९४ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा भने शून्य रहेको छ । पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा रहेको छ ।