लक्ष्मी लघुवित्तको अधिकांश सूचकमा चमक, २७.५१ प्रतिशत धेरै नाफा आर्जन
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चालु ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा संस्थाले २७.५१ प्रतिशत धेरै नाफा आर्जन गरेको हो ।
त्यस्तै, संस्थाले यस अवधिमा खुद ब्याज आम्दानी २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा संस्थाले १८ करोड २२ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । गत वर्षको यस अवधिको तुलनामा २२.८८ प्रतिशत धेरै खुद ब्याज आम्दानी गरेको हो ।
त्यस्तै, संस्थाको चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ । त्यसैगरी, सञ्चालन नाफा पनि २७.८८ प्रतिशतले बढेर १४ करोड २१ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ११ करोड २५ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।













