आजदेखि शेयर कारोबारमा टि प्लस टु लागु
काठमाडौं । माघ ११ गते आज आइतबारदेखि शेयर कारोबारमा टि प्लस टु लागु भएको छ । आजदेखि कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक २ कार्य दिन भित्र हुने छ ।
अब धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्ने छ । ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरि सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्ने छ।
त्यसैगरी, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्ने छ ।













