सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकको एकीकृत कारोबार शुरु
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको माघ ११ गतेदेखि एकिकृत कारोबार शुरु भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गरेपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट आज माघ ११ गतेदेखि एकिकृत कारोबार शुरु भएको बैंकले जनाएको हो ।
बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो । सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभेको छ । ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ ।
यसमा प्रवद्र्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ । प्राप्तिपछि नाम नेपाल इन्भेष्टमेन्ट बैंक नै हुने छ ।













