अपि पावरको दोस्रो त्रैमासमा २४५.७९ प्रतिशत नाफा आर्जन
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ४ करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस बर्ष २४५.७९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट २४ करोड १९ लाख रुपैयाँ र अन्य श्रोतबाट ६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ५० लाख रुपैयाँ र अन्य श्रोतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड रुपैयाँ र जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ११ करोड ५६ लाख रुपैयाँ सञ्चित थियो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.८५ गुणा रहेको छ । कम्पनीले ८.५ मेगावाटको नौगढ गड सानो हाइड्रोपावर आयोजनाको व्यवसायिक सञ्चालन शुरु गरिसकेको छ । हाल कम्पनीले ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना निर्माण गरिरहेको छ ।













