वर्गीकरणको लागि नेप्सेले माग्यो कम्पनी विवरण, २ दिन मात्रै बाँकि - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वर्गीकरणको लागि नेप्सेले माग्यो कम्पनी विवरण, २ दिन मात्रै बाँकि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरूको वर्गीकरणको लागि सूचीकृत कम्पनीहरूसँग विभिन्न शीर्षकहरूमा विवरणहरू माग गरेको छ । सूचीकृत कम्पनीहरूलाई नेप्सेले तोकिएको ढाँचामा फारम भरेर माघ १५ गतेभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

नेप्सेले हरेक त्रैमासमा गर्दै आएको कम्पनीहरूको वर्गीकरणको लागि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पुँजी, वितरित लाभांश, विवरण, वार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्गलगायतका विवरणहरू माग गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनी वर्गिकरण गर्नुपर्ने भएकाले विवरण माग गरेको हो । कम्पनीहरूले उपलब्ध गराएको उक्त विवरणअनुसार नेप्सेले सूचीकृत कम्पनीहरूलाई ‘ ए’, ‘वि’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्नेछ ।

नियामक निकायले तोकेको नियम पालना गरी तोकिएकै समयमा साधारणसभा र वित्तीय विवरण प्रकाशन गर्ने तथा अन्य तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीहरू वर्गीकरणको ‘ए’ वर्गमा पर्नेछन् भने नियामकको नियम पालना नगर्ने कम्पनीहरू ‘जेड’ वर्गमा पर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्