मंगलबार नेप्से १७ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) १७.७९ अंकले घटेर २४२३.०९ अंकमा बन्द भएको छ । मंगलबार दिनभरि २०७ सय वटा कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । मंगलबार होटल र फाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

नेपाल लाइफको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ५२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।














