२ कार्तिक २०८३, सोमबार

२२ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, अन्य सञ्चालन आम्दानी ९ करोडबाट बढेर २० करोड रुपैयाँ



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको यस अवधिको तुलनामा २२ प्रतिशतले बढि खुद नाफा आजर्न गरेको हो । त्यस्तै, अन्य सञ्चालन आम्दानी पनि ९ करोडबाट बढेर २० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीले खुद ब्याज आम्दानी २४ करोड ८० लाख रुपैयाँ गरेको छ । गत वर्षको यसै अवधिमा उसले २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले निक्षेप संकलन २ अर्ब १४ करोड रुपैयाँबाट बढाएर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४३ पैसाबाट बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ ।