नेप्से साढे २४ सय अंक नजिक, ८ अर्ब बढिको कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से साढे २४ सय अंक नजिक, ८ अर्ब बढिको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा बन्द भएको छ । बुधबार दिनभरि २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ सेयर कित्ता ५९ हजार १५१ पटक किनबेच हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँको कारोबार भएको छ ।

बुधबार दिनभरि बजार उतारचढाव मै रह्यो । बुधबार निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक ४६४.६८ अंकले कमाए भने उत्पादन समूहका लगानीकर्ताले भने ३३.७५ अंकले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्