नविल बैंककोे खुद नाफा २ अर्ब १ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब पुर्यो
काठमाडौं । नविल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो तर गत बर्षको तुलनामा यस बर्ष गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२६ प्रतिशतले नाफा कम आर्जन गरेको हो । त्यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी अन्य सञ्चालन आम्दानी २२ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ३३ लाख रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा गत वर्ष २ अर्ब ९० करोड रुपैयाँ रहेकोमा घटेर २ अर्ब ८६ करोडमा झरेको छ । त्यस्तै, बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ ।













