स्टान्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचक नकरात्मक, नाफा ४०.६९ प्रतिशले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकले ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत आर्थिक बर्षको तुलनामा ४०.६९ प्रतिशतले कम नाफा आर्जन गरेको हो ।
यस अवधिमा खुद ब्याज आम्दानी ३७.२८ प्रतिशतले घटेर १ अर्ब १५ करोड २१ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, यस अवधिमा सञ्चालन नाफा ४०.६९५ ले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँमा सिमित भएको छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन ३६.८४ प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँ, कर्जा लगानी ५ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी गत बर्ष ३०.६३ रुपैयाँ रहेकोमा यस बर्ष १६ रुपैयाँ ९८ पैसा कमयम छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा छ ।













