निर्वाचन आयोगले नेकपाका दुवै खेमालाई छलफलका लागि बोलायो
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुबै खेमालाई छलफलका लागि बोलाएको छ ।
आयोगले भोली बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारी सम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।
छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक ५/५ जना व्यक्तिलाई बोलाइएको हो ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको स्रोतले जनाएको छ ।













