३० श्रावण २०८३, शनिबार

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार आज सुनको मूल्य १ सयले बढेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।