आयल निगम र पेट्रोलियम डिलर्सविच सम्झौता, अधिकृत विक्रेताको कमिसन पेट्रोलको ०.३९ र डिजेलमा ०.४७ प्रतिशतले बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आयल निगम र पेट्रोलियम डिलर्सविच सम्झौता, अधिकृत विक्रेताको कमिसन पेट्रोलको ०.३९ र डिजेलमा ०.४७ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच नयाँ सम्झौता भएको छ । अव आयाल निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन कम भएको भन्दै विक्रेताले विरोध जनाउँदै आएका थिए । अव विक्रेताको कमिसन वृद्धि गर्ने सहमति भएको छ ।

शनिबार दुई पक्षका विचमा निगममा केन्द्रीय कार्यालयमा भएको छलफलमा हाल भएको कमिसनलाई बढाउने सहमति भएको छ । निगमका अधिकृत विक्रेताले हाल पेट्रोलको तीन प्रतिशत र डिजलको २.६५ प्रतिशत कमिसन पाउँदै आएका थिए । अव त्यसलाई बढाएर पेट्रोलको ०.३९ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशतले वृद्धि गर्ने सहमती भएको हो ।

अव विक्रेताले नयाँ कमिसन पेट्रोलमा ३.३९ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत पाउने सहमति भएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले डिपोदेखि विक्रेताको पेट्रोलपम्पसम्म ट्याङ्कर लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्