सोमबार सुन ५ सयले बढ्यो
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आज सुन तोलामा ५ सयले बढेर तोलाको ९२ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ रहेको छ ।
त्यसैगरी आज चाँदी तोलामा ८० रुपैँयाले बढेरे १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय २० रूपैयाँमा कारोबार भएको थियो ।













