सोमबार ३७.७० अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार आज सेयर बजार बढेको छ ।आज नेप्से ३७.७० अंकले बढेर २ हजार ४ सय ८ पुगेको हो ।
त्यस्तैगरी आज कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । आज सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ ।
आज सबैभन्दा बढी होटल समुह ८.७६ प्रतिशतले बढेको छ । त्यसेगरी लघुवित्त समूह आज ० ।६९ अंकले घटेर राताम्मे भएको छ ।














