७ श्रावण २०८३, बिहिबार

२६.६७ प्रतिशतले बढ्यो वोमी लघुवित्तको मुनाफा



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा २६.६७ प्रतिशतले बढेको छ । कम्पनिको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मुनाफा २६.६७ प्रतिशतले बढेको हो ।

कम्पनिले सार्वजनिक गरेको विवरण अनुसार पुष मसान्तसम्ममा लघुवित्तले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ मुनाफा गरेको छ । यो अधिल्लो वर्षको तुलनामा १ करोड १५ लाख रुपैयाँ अर्थात २६.६७ प्रतिशत बढी हो। अधिल्लो वर्ष लघुवित्तले ४ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन भएको थियो ।

२६.६७ प्रतिशतले मुनाफा बढेसंगै लघुवित्तको ब्याज आम्दानी १ करोड ९९ लाख रुपैयाँ घटेर ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको १ अर्ब ४ करोड रुपैयाँ निक्षेप र १ अर्ब ३० करोड रुपैयाँ सापटीबाट ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्