हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट राजस्व भुक्तानीे सेवाको सुरुवात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट राजस्व भुक्तानीे सेवाको सुरुवात



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ ।


उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको NPI मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट Connect IPS मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब NPI मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने बैंकले जनाएको छ ।


ग्राहकहरुले सम्बन्धित राजस्वको EBP No का आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम NPI मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी Connect IPS को मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

हिमालयन बैंक वाणिज्य बैंकहरु मध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणाली मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल बंैकका ७० शाखाहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, १४६ ATM तथा ४२०० भन्दा बढी POS Terminals सञ्चालनमा रहेका छन् । मोबाईल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग लगायत बैंकले डेविट कार्ड,Visa, MasterCard, Amex / Union Pay का क्रेडिट कार्डहरुको सुविधा पनि प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्