बुधबार सुन ६ सयले घट्यो,चाँदीमा ६० रुपैयाको गिरावट - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार सुन ६ सयले घट्यो,चाँदीमा ६० रुपैयाको गिरावट



काठमाडौँ । हिजो स्थिर रहेको सुनको भाउमा बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६सय रुपैयाँले घटेको हो ।

सुन हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज भने तोलामा ६ सयले घटेर ९२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यस्तै गरी आज चाँदीको भाउ पनि आज ६० रुपैयाँलेघटेको छ । हिजो एक हजार ३ सय ८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३ सय २० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्