बुधबार सुन ६ सयले घट्यो,चाँदीमा ६० रुपैयाको गिरावट
काठमाडौँ । हिजो स्थिर रहेको सुनको भाउमा बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६सय रुपैयाँले घटेको हो ।
सुन हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज भने तोलामा ६ सयले घटेर ९२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ पुगेको छ ।
त्यस्तै गरी आज चाँदीको भाउ पनि आज ६० रुपैयाँलेघटेको छ । हिजो एक हजार ३ सय ८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३ सय २० रुपैयाँ पुगेको छ ।













