सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २५२० अंक पुगेर फर्कियो, हड्तालको हल्लाले बजार घटेर करेक्सन
काठमाडौं । बुधबार सेयर बजारमा रेकर्डनै ब्रेक गरेको छ । कारोवारको सुरुवातमानै बढेको सेयर बजार भोलीको हड्तालको हल्लाले बजाट क्रमस घट्दै गएको हो । लकगाीकर्तामा कन्फिडेन्स कम हुँदा बजारमा रेकर्डनै कायभ भएर पनि करेक्सनमा आएको हो ।
बुधबार समग्र सेयर बजारमा ६.८१ अंकले बजार घटेको हो । ०.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५१९.८५ अंकमा पुगेर बजार क्रमस घटेको हो । बजार खुल्दा ह्वात्तै बढेको बजार अन्ततः घटेर बन्द भएको हो । विहान ११ बजेर ९ मिनेट जाँदा नेप्से परिसूचक २५ सय अंक पार गर्दै इतिहाँस रचेको थियो ।
मध्यान्ह १२ बजेपछि घट्न थालेको सेयर बजारमा भोलीको आमहड्तालको प्रभाव देखिएको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए । बजार बन्द हुँदा २४६६.९२ अंकमा पुगेर रोकिएको हो । बुधबार २०१ कम्पनीका २ करोड ५ लाख ८५ हजार ३ सय कित्ता सेयर कारोवार भएको छ ।

कारोवार रकममा समेत रेकर्ड ब्रेक गरेको छ । बुधबार सबैभन्दा बढी ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँ ३६ पैसा बराबरको कारोबार भएको छ । आज बैंकिङ, जलविद्युत, लघुवित्त र म्युचुअल फण्डमा मात्रै हरियाली छाउँदा अन्य समुह भने राताम्मे बने । लगानीकर्ताको आकर्शण जलविद्युत समूहमा देखियो ।













