सुनको मूल्य ९ सयले घट्यो,कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य ९ सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९ सयले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्