नेपाल बन्दको वावजुत ८ अंकले बढ्यो सेयर बजार, बैंकिङ समुहमा गिरावट, ७ अर्वको कारोवार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल बन्दको वावजुत ८ अंकले बढ्यो सेयर बजार, बैंकिङ समुहमा गिरावट, ७ अर्वको कारोवार



काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य बढेको छ । हिजो बुधबार ६ अंकले घटेको नेप्से बिहीबार भने ८.३४ अंकले बढेको छ । बिहीबार नेकपाको समुहले गरेको नेपाल बन्द सेयर बजारमा देखिएन ।

सेयर बजार बिहीबार २४७५.२६ अंकमा पुगरे बन्द भएको छ । कारोवारको सुरुमा केही बढेको बजार घटबढ हुँदै १ बजेपछि विस्तारै बढेको थियो । बुधबार बन्दको हल्लाले घटेको सेयर बजार बिहीबार भने बढेको छ ।

बिहीबार २ सय १ कम्पनीका ७२ हजार १ सय ७० कित्ता सेयर कारोवार भएको छ । कुल ७ अर्व ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँको कारोवार भएको छ ।


प्रतिक्रिया दिनुहोस्