भोलि नेकपाको बृहत आमसभा, नारायणहिटीको गेटैमा ओली, पोखरेल र थापा कुर्लने
काठमाण्डौं । भोली शुक्रबार नेकपाको ओलीपक्षले बृहत आमसभा गर्न लागेको छ । आमसभालाई कमजोर बनाउन प्रचण्ड माधव समुहले बिहीबार नेपाल बन्द गराएका थिए । शुक्रबारको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललगायतका सिनियर नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
शत्तापक्षियले गर्न लागेको ठुलो आमसभाको लागी नेकपा बागमती प्रदेश संगठन कमिटिको आयोजनामा हुन लागेको हो । सभामा १ लाखभन्दा बढी मानिसको सहभागीता रहने जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गरेको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ ।
नारायणहिटी दरवारको गेटै अगाडी सभा हुन लागेको हो । मध्याह्न १२ बजेदेखि हुने बुहत सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन ।
सभामा काठमाण्डु उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक उपस्थित हुने नेकपाका एक नेताले जनाएका छन । सभा हुनुभन्दा अगाडि काठमाण्डौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने छ ।













