ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला,सर्वसाधरणलाई कति कित्ता ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला,सर्वसाधरणलाई कति कित्ता ?



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनिले ३४ करोड ९६ लाख ४० हजार रुपैया बराबरको १ सय रुपैयँँका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनिका अनुसार निष्काशन गरेको आईपीओमा १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुटाइएको छ । ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाड गरिएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

कम्पनिको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

ग्रीन लाइफको आईपीओमा लगानीकर्ताले माघ २२ गतेदेखि छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्