शुक्रबार सुन एकैदिन ११ सयले घट्यो, तोलाको ९० हजारले कारोबार हुदै
काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ ।आज सुन तोलामा ११ सयले घटेर तोलामा ९० हजारमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार सुन ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको थियो । त्यस्तैे तेजावी सुन आज तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तैगरी आज चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।













