इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । हिजो माघ २४ गते कम्पनिको केन्द्रीय कार्यालय गैडाकोट नवलपुरमा चौथौ साधारण सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट पेश भएका साधारण विशेष र विविध प्रस्तावहरु पारीत गरेको कम्पनिले जानकारी दिएको छ ।
साथै सभाले आ व २०७७ र ७८ को कारोबारको लेखापरिक्षणको लागि डि कुमार एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेनलाई नियुक्त गर्ने निर्णय भएको कम्पनिले जनाएको छ ।
















